• गृहपृष्ठ
  • तीहारको तार्तम्यः ६० करोड खर्चियो बत्तीको आयामतमा, विद्युत आपूर्तिमा तम्तयार छ प्रधिकरण

तीहारको तार्तम्यः ६० करोड खर्चियो बत्तीको आयामतमा, विद्युत आपूर्तिमा तम्तयार छ प्रधिकरण

Oct 25th, 2019

काठमाडौं, ८ कार्तिक
बत्तीमै  तिहार नजिकीदै जाँदा विद्युतिय समाग्रीको आयात त बढेको छ नै, साथै विद्युत खपत पनि बढिरहेको छ । मानिसहरु नयाँ शैलीमा उत्पादन गरिएको  विभिन्न किसिमका झिलिमीली बत्तिले घर सजाउने मोह बढ्दो छ । उनीहरुको यस्तो शोखमा विद्युत प्रधिकरणले पनि साथ दिएको छ । किनकी प्रधिकरणले अहिले विद्युतको जती माग भएपनि पूरा गर्ने जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणले अनुमान गरे अनुसार यस वर्षको तिहारमा १ हजार ३ यस मेगावाट बराबरको विद्युत माग हुनेछ । सो माग अनुरुपको विद्युत आपूर्ति गर्न विद्युत प्राधिकरण पनि तयारी अवस्थामा छ । प्राधिकरणले गतवर्ष जस्तै विद्युत मागअनुसार नै व्यवस्थापन गर्ने जनाएको छ ।

तिहारमा विद्युत माग व्यवस्थापनका लागि प्राधिकरणले सव–स्टेसन तथा अन्य संरचनालाई पनि मर्मत सम्भार गरी चुस्त, दुरुस्त अवस्थामा राखेको प्राधिकरणले जनाएको छ ।

यस्ता बत्ति को माग छ
त्यसैले अहिले बजारमा डुम लाईट, पियानो लाईट, लेजर लाईट, झुमर, रेनफल लाईट, डिस्को लाईट, लेजर लाईट चीम लगायतका बत्ति तिहार तथा दिपावलीमा बढि प्रयोग हुने गरेका छन् । व्यापारीहरुले हाल बजारमा सबैभन्दा बढी झुमर, चीम र डुम लाईट बढि बिक्री हुने बताउँछन् । 

चीन र भारतमै निर्भर
नेपालमा खरिद  बिक्री हुने सम्पूर्ण बत्ति चीन र भारतबाट आयात हुने गरेका छन् । यस पटक हालसम्म तिहारका लागि मात्रै चीनबाट ९० प्रतिशत र भारतबाट १० प्रतिशत बत्ति आयात भएको छ । चीनबाट आयात हुने बत्ति भारतको भन्दा बढी सस्तो र आकर्षण हुने भएकोले बढी सामाग्री चीनबाट आयात हुने नेपाल इलेक्ट्रिक व्यवसायी महासंघको तर्क छ । महासंघको  तथ्याङ्क  अनुसार करिब ६० करोड मूल्यका बत्ति चीन र  भारतबाट आयात हुन्छन् । यसरी आयात भएका बत्तीको बजारमा वाट अनुसार मूल्य निधारण गरिन्छ । 

यस्तो छ बत्तीको मूल्य
डुमलाईटको आठ सय पचास, ६० मिटर पियानो लाईटको एक हजार दुई सय, लजेर लाईटको एक हजार दुई सय, डिस्को लाईटको आठ सय पचास रुपैयाँ मूल्य रहेको छ ।  यस्तै सबैभन्दा बढी बिक्री हुने झुमरका पनि १ हजार देखि ३० ४० हजारसम्म खरिद बिक्रि भइरहेका छन् ।

अहिले बजारमा लाईट, फोटो, स्टिकर, रंगिन बल्ब लगायतका विभिन्न प्रकारका रङ्गीचङ्गी बत्ति खरिद बिक्री भइरहेका छन् । पहिलेको वर्ष नै खरिद गरिएका गुणस्तरीय एलइडी प्रयोग भएका झिलिमिली बत्तीहरुको प्रयोग बढेकै कारण व्यापारमा कमि आएको साथै उपभोक्ताहरुमा गत वर्षकै स्टक रहेकोले पनि पहिलेको भन्दा व्यापारमा कमी आएको महासंघले जनाएको छ ।

कस्तो प्रधिकरणको तयारी?
यसरी तिहारलाई झिलिमीली पार्न मज्जाले पुग्ने विद्यूत आपूर्ति गरिदिने प्राधिकरणको तयारी छ । हाल प्राधिरणको आफ्नै उत्पादन ९ हजार ७ सय ७६ मेगावाट रहेको छ प्राधिकरणले जनाएको छ । यस्तै निजी क्षेत्रबाट १० हजार ७ सय ७१ मेगावाट घण्टा विद्युत उपलब्ध रहेको छ ।

यसैगरी भारतबाट २ हजार ५०२ मेगावाट घण्टा विद्युत आयात भइरहेको छ । हाल ट्रिपिङलगायतको समसया भने नरहेको पाइएको छ । प्राधिकरणको प्रणालीमा कूल २३ हजार ४९ मेगावाट घण्टा रहेको छ । यस्तै हाल नियमित रुपमा विद्युत उत्पादन भए पनि कुलेखानी जलविद्युत आयोजनाको विद्युत भारत निकासी भइरहेको छ । कुलेखानीको कूल १०६ मेगावाट विद्युत उत्पादन भइरहेको छ ।

कुलेखानी पहिलोबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र कुलेखानी तेस्रोले हालै मात्र १४ मेगावाट विद्युत उत्पादन सुरु गरेको छ । कुलेखानी जलाशयको पानी भरिएको अवस्थामा प्राधिकरणले सो आयोजना समेत नियमित रुपमा चलाइरहेको छ । त्यस्तै भारतबाट विशेष गरी ढल्केबर-मुजफ्फरपुर अन्तरदेशिय प्रसारण लाइनबाट विद्युत आयात गरिएको छ