लिबियामा १६ जना विद्रोही लडाकू मारिए

Oct 25th, 2019

त्रिपोली, ८ कात्तिक (रासस/सिन्ह्वा)

संयुक्तराष्ट्रबाट मान्यताप्राप्त सरकारी फौजको कारबाहीमा दक्षिणी त्रिपोलीमा कम्तीमा १६ जना विद्रोही लडाकू मारिएका छन् । 

हफ्तार समूहमा आबद्ध ती लडाकूहरुले आफूलाई मुलुकको वैधानिक सेना मान्ने गरेका छन् । सरकारी सेनाले एक विज्ञप्ति प्रकाशन गरी सरकारी सेनाले अल–यारमुक क्षेत्रलाई नियन्त्रणमा लिनुका साथै विद्रोहीका हातहतियार र सवारी साधन कब्जामा लिएको जनाइएको छ ।

यसैबीच, विद्रोही सेनाले हवाई आक्रमण गरी दक्षिणी त्रिपोलीमा सरकारी सेनाका हातहतियार भण्डारमा ठूलो क्षति पु¥याएको दाबी गरेको छ । लिबियाको पूर्वी क्षेत्रमा नियन्त्रण कायम गरेर बसेका विद्रोही सेनाले गत अप्रिलदेखि राजधानी त्रिपोली र आसपास सरकारी सेना विरुद्ध भिषण युद्ध गरिरहेको छ ।

विद्रोही जनरल खलिफा हफ्तार समूहले संयुक्तराष्ट्र संघद्वारा मान्यताप्राप्त सरकार विस्थापित गर्ने मुख्य उद्देश्यका साथ राजधानी त्रिपोली सहित देशका विभिन्न भागमा आक्रमण जारी राखेको छ । लिबिया हाल पूर्वी र पश्चिमी सरकारका रुपमा विभाजित भएको छ ।

सन् २०११ मा तत्कालीन लिबियाली नेता मोउमार गद्दाफीको शासन ढलेसँगै राजनीतिक द्वन्द्वमा फसेको छ ।