• गृहपृष्ठ
  • तिहारको पूर्वसन्ध्यामा सुनको मूल्य बढ्यो

तिहारको पूर्वसन्ध्यामा सुनको मूल्य बढ्यो

Oct 25th, 2019

काठमाडाँै, ८ कात्तिक (रासस)

तिहारको पूर्वसन्ध्यामा नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । पछिल्लो दुई दिनदेखि स्थिर रहेको सुनको मूल्यमा आज प्रतितोला रु ६०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ६०० ले बढेर रु ७१ हजार पुगेको छ ।

बिहीबार छापावाला सुन प्रतितोला रु ७० हजार ४०० मा कारोवार भएको थियो । यसैगरी तेजाबी सुनको मूल्य पनि रु ६०० ले नै वृद्धि भई प्रतितोला रु ७० हजार ७०० पुगेको छ । बिहीबार तेजाबी सुन रु ७० हजार ७०० मा खरीद बिक्री भएको थियो । सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ । आज चाँदीको मूल्य रु १० ले वृद्धि भई प्रतितोला रु ८६० मा खरीद बिक्री भइरहेको महासङ्घले जनाएको छ ।