• गृहपृष्ठ
  • उर्जा मन्त्री पुन र जापानी राजदूत मासामिची साइगोबीच भेटवार्ता

उर्जा मन्त्री पुन र जापानी राजदूत मासामिची साइगोबीच भेटवार्ता

Oct 25th, 2019

काठमाडौं, ८ कार्त्तिक 
उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र जापानी राजदूत  मासामिची साइगोबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा बिहिवार भएको भेटवार्तामा द्धिपक्षिय हित र आपसी सहयोगका विषयमा छलफल भएको थियो । 

भेटमा मन्त्री पुनले गत महिना भएको आफ्नो जापान भ्रमण सफल भएको र उक्त भ्रमणमा भएका सहमतीलाई अघि बढाउन मन्त्रालयले काम गरिरहेको बताउनुभयो । उहाँले जापान नेपालको पुरानो र विश्वासिलो विकास साझेदार मुलुक भएको भन्दै नेपालको विकासमा जापानले गरेको सहयोगप्रती धन्यवाद व्यक्त गर्नुभयो ।

मन्त्री पुनले राष्ट्रपति विद्यादेवी भण्डारी जापानको उच्चस्तरिय भ्रमण सकेर नेपाल फर्केको भन्दै आगामी दिनमा पनि उच्चस्तरमा द्धिपक्षिय भ्रमण जारी रहने विश्वास व्यक्त गर्नुभयो । 

नेकपाका नेता समेत रहनुभएका मन्त्री पुनले आफ्नो जापान भ्रमणका क्रममा नलसिंङ जलविद्युत आयोजना र जापानसंग उर्जा समझदारीमा हस्ताक्षर गर्नेमा छलफल भएको भन्दै त्यसको प्रगतीबारे पनि उहांले राजदूतसंग छलफल गर्नुभएको थियो । 

त्यसका साथै सिंचाई र कृषीको क्षेत्रमा समेत जापानी सहयोग मिल्ने विश्वास आफुलाई रहेको मन्त्री पुनको भनाई थियो । भेटमा जापानी राजदूतले कृषी र सिंचाईको क्षेत्रमा सहयोग गर्न आफुहरु इच्छुक रहेको धारणा राख्नुभयो । 
उहांले नलसिंङ जलविद्युत आयोजनालाई अघि बढाउने विषय जापानले पनि प्राथमिकतामा राखेको भन्दै चांडै सुखद खवर प्राप्त हुने र उर्जा क्षेत्रमा सहकार्य गर्नेमा पनि चांडै प्रगती हासिल हुने जानकारी दिनुभयो । भेटमा जापानी विकास नियोग जाइकाकी नेपाल प्रमुख आशाकुमा युमिकोको समेत उपस्थिती थियो ।