• गृहपृष्ठ
  • माथिल्लो अरुणको आइपिओ जारी : ४९ प्रतिशत सेयर जनतालाई दिइने

माथिल्लो अरुणको आइपिओ जारी : ४९ प्रतिशत सेयर जनतालाई दिइने

Oct 24th, 2019

काठमाडौं, ७ कार्त्तिक
ऊर्जा, जलस्रोत तथा सिँचाइ मनत्रालय अन्तर्गतकोको विद्युत् विकास विभागले सर्वेक्षणको अनुमति दिएको माथिल्लो अरुण जलविद्युत आयोजनाले ४९ प्रतिशत सेयर आम जनतामा सेयर बिक्री गर्ने निर्णय गरेको छ ।

अब सेयर बजारमा अहिलेसम्मकै ठूलो सार्वजनिक निष्कासन(आइपिओ) जारी हुने भएको छ । यस संगै पछिल्लो सेयर कारोवारमा सुधारको अवस्था पर्खेर बसेका सेयर कारोवारले राहत महसुस गरेका छन् । बुधबार गरिएको सो निर्णय अनुसार आयोजनाको हालको अनुमानित लागत अनुसार करिब १८ अर्ब रुपैयाँको सेयर सर्वसाधारणको लागि जारी हुनेछ ।

सो आयोजनाको लागत बढेमा आइपिओ रकम समेत बढ्ने जनाइएको छ । नेपालको सेयर बजारमा माथिल्लो अरुणले निष्कासन गर्ने सेयर अहिलेसम्मकै ठूलो हुने बताइएको छ । माथिल्लो अरुणको अर्ध जलाशययुक्त आयोजनाको क्षमता १०६१ मेगावाट छ । सरकारले सो आयोजनालाई नेपालको पानी जनताको लगानी कार्यक्रममा समावेश समेत गरेको छ ।

अहिले सरकारले कूल २१ आयोजनालाई नेपालको पानी जनताको लगानीमा समावेश गरेको छ । ती आयोजना मध्ये निकै चर्चित रहेको माथिल्लो अरुण आयोजनाका लागि सर्वसाधारणबाट सेयर उठाउने तयारी गरिएको छ ।सो आयोजनाको प्रतिमेगावाट लागत ११ करोड रुपैयाँ रहेको बताइन्छ । जनताको लगानी कार्यक्रममा समावेश भएको सो आयोजनाको स्वपूँजी मध्ये ४९ प्रतिशत लगानी जनताको सेयर मार्फत गरिने मन्त्रालयले जनाएको छ। मन्त्रालयले आयोजनाको सर्वेक्षण अनुमतिपत्र दिएसँगै आयोजना निर्माणले पनि गति लिने अपेक्षा गरिएको छ ।

सो आयोजनाको लागि स्वपूँजी मध्ये ४९ प्रतिशत सर्वसाधारण र बाँकी ५१ प्रतिशतमा पनि नेपाल विद्युत् प्राधिरकणलगायतको लगानी रहनेछ । यसैगरी आयोजनाका लागि विश्व बैक, युरोपेली लगानी बैकको सुहलियतपूर्ण ऋण तथा कर्मचारी संचय कोष, नागरिक लगानी कोष जस्ता स्वदेशी वित्तीय संस्थाको रकम समेत परिचालन गरि आयोजना सम्पन्न गरिने योजना छ ।