डुईङ विजनेसमा नेपालको ९४ औं स्थान

Oct 24th, 2019

काठमाडौं, ७ कार्त्तिक
नेपालमा व्यवसायीक वातारण सुधारोन्मूख देखिएको छ । विश्व बैंकको रिपोर्ट अनुसार डुइङ विजनेसमा नेपाल ९४ओं स्थानमा आइपुगेको छ ।  विश्व बैंकले हरेक वर्ष  व्यावसायिक वातावरणको सूचकांक (डुुइङ विजनेस इन्डेक्स) रिपोर्ट सार्वजनिक गर्छ ।  सन् २०२० को प्रतिवेदनमा नेपाल १६  स्थान माथि उक्लिएको छ । 
 
यसअघि सन् २०१९ मा ११०औं स्थानमा रहेको नेपाल १६औं स्थान माथि उक्लिएर  नेपाल पहिलोपटक १०० राष्ट्रभित्र परेको हो । विश्व बैंकले हरेक वर्ष  व्यापार व्यवसाय गर्ने वातावरणसँग सम्बन्धित विभिन्न १० विषयहरूको अध्ययन गरी  सूचकांक सार्वजनिक गर्ने गरेको छ । डुइङ बिजनेसका १० सूचकहरूमध्ये नेपालका पाँच सूचकमा सुधार आएको विश्व बैंकले जनाएको छ । 

यसैगरी  दुई सूचकमा स्थिर र तीनवटा सूचकमा गिरावट आएको छ । विश्व बैंकको प्रतिवेदनअनुसार नेपालले यो वर्ष ६३.२ अंक प्राप्त गरेको छ । नेपालले गतवर्ष ५९.६ अंक प्राप्त गरेको थियो ।  डुइङ विजनेसको शीर्ष स्थानमा न्जुजिल्यान्ड, दोस्रो स्थानमा सिंगापुर, तेस्रोमा हङकङ, चौथोमा डेनमार्क तथा पाँचौंमा दक्षिण कोरिया रहेका छन् । 

त्यस्तै, डुइङ विजनेस इन्डेक्श राम्रो सुधार गर्नेमा साउदी अरेबिया अगाडि रहेको छ । त्यसैगरी, राम्रो सुधार गर्ने देशहरुको टप टेनमा क्रशम दोस्रो देखि दशौंसम्म जोर्डन, टोगो, बहराइन, ताजिकिस्तान, पाकिस्तान, कुवेत, चीन, भारत र नाइजेरिया रहेका छन् ।