• गृहपृष्ठ
  • काठमाडौं-बंगलादेश पानी जहाजको संभाव्यता अध्ययन र बस सेवा सञ्चालनको सहमति जुट्यो

काठमाडौं-बंगलादेश पानी जहाजको संभाव्यता अध्ययन र बस सेवा सञ्चालनको सहमति जुट्यो

Oct 24th, 2019

काठमाडौं, ७ कात्तिक 
नेपाल र बंगलादेशको सहसचिवस्तरीय वाणिज्य वार्तामा बुधबार ५ बुँदे सम्झौता भएको छ । जसमा नेपाल बंगलादेश जल यातायातको संभव्यता अध्ययन  देखि काठमाडौं ढाका बस सेवा सञ्चालन गर्ने सहमति भएको छ ।

काठमाडौंमा बुधबार सम्पन्न नेपाल बंगलादेश सहसचिव स्तरीय ब्यापार बैठकले नेपालको धागो बंगलादेश निर्यातमा समेत सहजीकरण गर्ने सम्झौता भएको छ । गत वर्ष देखि नै धागो निर्यातमा बाटो खुलेपनि नेपालले उल्लेखनिय मात्रामा धागो निर्यात भने गर्न सकेको छैन ।

अहिले नेपालबाट ठूलो मात्रामा विद्यार्थीहरु बंगलादेशमा मेडिकल पढ्न जाने गर्छन् । तर बंगलादेशमा समेत भिसा पाउन सहज छैन । त्यसैले बंगलादेशमा चिकित्सा अध्ययन गर्न जाने विद्यार्थीको प्रवेशाज्ञा सरल बनाउने पनि सहमती भएको वाणिज्य मन्त्रालयले जनाएको छ । त्यसैगरि दाल निर्यातमा पनि सहजीकरण गर्न बंगलादेश तयार भएको नेपाली पक्षले जनाएको छ ।

कार्गाे ढुवानी र नेपाली कृषिजन्य वस्तुको निर्यातमा पनि बंगलादेशले सहजीकरण गर्ने भएको छ । बुधबार भएको सम्झौतामा नेपालका तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल तथा बंगलादेशको तर्फ बाटबंगलादेशकी वार्ता टोली प्रमुख  सरीफा खानले हस्ताक्षर गरेका छन् ।

बंगलादेशसँग सम्झौता भएसँगै कागो ढुवानीमा केहि सहज हुने देखिन्छ । तर यती सम्झौताले मात्रै पुग्दैन , दुई देशबिच रहेको भारतसँग पनि सम्झौता गर्न जरुरी छ । नेपालले भारत बंगादेश र नेपाल बिच त्रिपक्षिय सम्झौताको माग राख्दै आएको छ । तर, यो संभव हुन सकेको छैन ।