• गृहपृष्ठ
  • नेपाल बैंक र तिलोत्तमा नगरपालिकाबिच सम्झौता

नेपाल बैंक र तिलोत्तमा नगरपालिकाबिच सम्झौता

Oct 23rd, 2019

काठमाडौं, ६ कार्त्तिक 
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले केहीअघि आयोजना गरेकोे तिलोत्तमा लगानी सम्मेलनका अवसरमा नेपाल बैक र तिलोत्तमा नगरपालिकावीच सहुलियत कर्जा सम्वन्धी सम्झौता सम्पन्न भएको छ ।

तिलोत्तमा नगर क्षेत्रका कृषि तथा पशुपन्छी जन्य क्षेत्रको व्यवसाय प्रवद्र्धन गरी उत्पादन एवं रोजगारी अभिवृद्धि गर्न शिक्षित बेरोजगार युवाहरुलाई नगरभित्र रोजगारीका अवसरहरु सिर्जना गर्न, विदेशवाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको सीप र व्यवसायीक दक्षता उपयोग गर्दै उनीहरुलाई स्वरोजगार वनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकिकरण एवं प्रवध्र्दन गरी उद्यमशिलता विकास गर्न तथा वित्तिय पहुँच विस्तार गर्ने जस्ता विषयवस्तु समेटिएको उक्त सम्झौता पत्रमा तिलोत्तमा नगरपालिका नगरप्रमुख बासुदेव घिमिरे र नेपाल बैंक लिमिटेड प्रदेश नं.५ का प्रादेशिक प्रमुख पासाङ्ग दोर्जी शेर्पाले हस्ताक्षर गरेका हुन् । 

तिलोत्तमा नगरपालिका र नेपाल बैंक लिमिटेड बीचको सहकार्यले जनसमुदायको जीवनस्तर उकासी नगरको विकासमा सहयोग पुग्ने विश्वास लिएको नगरप्रमुख घिमिरेले बताए । साथै बैंकका प्रदेश ५ प्रमुख शेर्पाले यस्ता कार्यक्रमले देशको समृद्धिका लागि सहयोग पुग्ने हुदाँ अन्य क्षेत्रमा पनि स्थानीय निकायसँग समन्वयन गरि यस्ता कार्यक्रम गदै जाने बैंकको योजना रहेको साथै छिटै नै यस सहुलियतपूर्ण कर्जा सम्बन्धित आवश्यक प्रक्रिया पुरा गरि तिलोत्तमा नगरवासीलाई बैंकको मणिग्राम शाखाबाट कर्जा उपलब्ध गराउने जानकारी गराए ।