• गृहपृष्ठ
  • प्राइम कमर्सियल बैंकको शाखा काठमाडौंको कीर्तिपुरमा

प्राइम कमर्सियल बैंकको शाखा काठमाडौंको कीर्तिपुरमा

Oct 23rd, 2019

काठमाडौं, ६ कार्त्तिक
आफ्नो शाखा संजाल बिस्तारको क्रममा आज बुधबार प्राइम कमर्सियल बैंक लिमिटेडले कीर्तिपुर नगरपालिकामा शाखाको सुरुवात गरेको छ । उक्त शाखाको संचालन पछि बैंकको शाखा कार्यालय संख्या ९६ पुगेको बैंकले जनाएको छ ।

स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमाएक समारोहकाबिच बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले शाखा कार्यालय कीर्तिपुरको उद्घाटन गरेका हुुन् । यसै क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता बैंकले गरेको छ ।

साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने आशा लिएको बैंकले जनाएको छ ।