• गृहपृष्ठ
  • ढुक्क हुनुस्, तिहारमा बत्ति जती बाले पनि धान्छ प्राधिकरणले

ढुक्क हुनुस्, तिहारमा बत्ति जती बाले पनि धान्छ प्राधिकरणले

Oct 23rd, 2019

काठमाडौं, ६ कार्तिक
तिहार नजिकीदै जाँदा विद्युतिय समाग्रीको आयात त बढेको छ नै, साथै विद्याुत खपत पनि बढिरहेको छ । नेपाल विद्युत प्राधिकरणले अनुमान गरे अनुसार यस वर्षको तिहारमा १ हजार ३ यस मेगावाट बराबरको विद्युत माग हुने छ ।

सो माग अनुरुपको विद्युत आपूर्ति गर्न विद्युत प्राधिकरण पनि तयारी अवस्थामा छ । प्राधिकरणले गतवर्ष जस्तै विद्युत मागअनुसार नै व्यवस्थापन गर्ने जनाएको छ । तिहारमा विद्युत माग व्यवस्थापनका लागि प्राधिकरणले सव–स्टेसन तथा अन्य संरचनालाई पनि मर्मत सम्भार गरी चुस्त, दुरुस्त अवस्थामा राखेको प्राधिकरणले जनाएको छ ।

साथै प्राधिकरणले आफ्ना र निजी क्षेत्रका विद्युत गृहलाई समेत सोही अवस्थामा राख्न भनेको छ । प्राधिकरणले यसपटक भारतबाट नियमित रुपमा आइरहेको विद्युतले नै पुग्ने थप खरिद गर्नु नपर्ने बताएको छ ।
हाल प्राधिरणको आफ्नै उत्पादन ९ हजार ७ सय ७६ मेगावाट रहेको छ । प्राधिकरणले जनाएको छ । यस्तै निजी क्षेत्रबाट १० हजार ७ सय ७१ मेगावाट घण्टा विद्युत उपलब्ध रहेको छ ।

यसैगरी भारतबाट २ हजार ५०२ मेगावाट घण्टा विद्युत आयात भइरहेको छ । हाल ट्रिपिङलगायतको समसया भने नरहेको पाइएको छ । प्राधिकरणको प्रणालीमा कूल २३ हजार ४९ मेगावाट घण्टा रहेको छ ।
यस्तै हाल नियमित रुपमा विद्युत उत्पादन भए पनि कुलेखानी जलविद्युत आयोजनाको विद्युत भारत निकासी भइरहेको छ । कुलेखानीको कूल १०६ मेगावाट विद्युत उत्पादन भइरहेको छ । कुलेखानी पहिलोबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र कुलेखानी तेस्रोले हालै मात्र १४ मेगावाट विद्युत उत्पादन सुरु गरेको छ ।

कुलेखानी जलाशयको पानी भरिएको अवस्थामा प्राधिकरणले सो आयोजना समेत नियमित रुपमा चलाइरहेको छ । त्यस्तै भारतबाट विशेष गरी ढल्केबर– मुजफ्फरपुर अन्तरदेशिय प्रसारण लाइनबाट विद्युत आयात गरिएको छ ।