बीससडक बालबालिकाको उद्धार

Oct 23rd, 2019

काठमाडौँ, ६ कात्तिक (रासस)

बालबालिका खोजतलास केन्द्रले गौशाला क्षेत्रबाट २० सडक बालबालिकालाई उद्धार गरेकोे छ ।  सरकारले नयाँ बसपार्क, पशुपति, रत्नपार्क र स्वयम्भूलगायत क्षेत्रलाई मगन्तेमुक्त क्षेत्र घोषणा गरेसँगै प्रहरीको बालबालिका खोजतलास केन्द्रले आज बिहान उनीहलाई  नियन्त्रणमा लिएको थियो। राष्ट्रिय बालअधिकार परिषद् र केन्द्रलगायत सङ्घ/संस्थाले सडक बालबालिकामुक्त शहर निर्माण गर्ने अभियानअन्तर्गत उनीहरूलाई उद्धार गर्दै आएको परिषद्का प्रवक्ता रामबहादुर चन्दले जानकारी दिनुभयो ।  
    
प्रहरीले पशुपति क्षेत्रमा मन्दिर वरिपर माग्न बसेका २० भारतीय बालबालिकालाई नियन्त्रणमा लिइएको  र उनीहरूलाई  सोधपुछपछि बालसुधार गृहमा पठाइने उक्त केन्द्रका प्रहरी निरीक्षक मोहनविक्रम दाहालले बताउनुभयो ।