कृषि विकास बैकले ऋणपत्र बिक्री गर्ने

Oct 23rd, 2019

काठमाडौं, ६ कार्त्तिक 
कृषि विकास बैंकले ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले १० दसमलव ३५ प्रतिशत आकर्षण व्याजदरमा ऋणपत्र बिक्री गर्न लागेको हो ।  बैंकले दुुई अर्व ५० करोड रकम बरावर को २५ लाख कित्ता ऋण पत्र जारी गर्ने भएको छ ।उक्त ऋण पत्र जारी गर्ने कार्यको लागि कृषि विकास बैंक  र एनआई विएल एस क्यापिटलबिच सम्झौता भएको बैंकले जनाएको छ ।

“एडिविएल कृषि विकास बैंक लि.२०८३” नाम दिइएको ७ वर्षे ऋणपत्र (डिवेन्चर) १०.३५ प्रतिशत व्याजदरमा जारी गर्नका लागि नेपाल राष्ट्र बैंकबाट समेत स्वीकृती प्राप्त भै सकेको छ  भने अन्य  नियमक निकायबाट आवश्यक स्वीकृत तथा कागजात तयार गरी आम नेपाली नागरिकका लागि सरकारी बैंकद्धारा ऋणपत्र (डिवेन्चर) छिट्टै जारी हुने बैंकले जनाएको छ ।