अवैध लागूऔषध सहित पक्राउ

Oct 23rd, 2019

काठमाडौं, ६ कात्तिक
शंखरापुर नगरपालिका-३ जरसिंह पौवाबाट सोही ठाउँस्थित नाङ्लेभारे बस्ने २९ वर्षीय दिपक तामाङलाई अवैध लागूऔषध चरेश जस्तो देखिने वस्तु करिब १ सय ग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो । 

सर्लाही, ब्रहरमपुरी गाउँपालिका-३झिमपुलस्थित सडकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ हजार ४ सय १० ट्याब्लेट, स्पास्मो प्रोक्सिभोन ८ ट्याब्लेट, डाइलेक्स सिडी ३ बोतल,  कोसोम-एलसिडी ३ बोतल र १ थान मोबाइल सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाही चन्द्रनगर गाउँपालिका-५ बस्ने १९ वर्षीय सुनिल कुमार राम र चक्रघट्टा गाउँपालिका-२ बस्ने २० वर्षीय सचिन कुमार यादब रहेका छन् ।

प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।