• गृहपृष्ठ
  • प्रहरी परिसर टेकु छेउबाट पाँच बोरा पटका बरामद

प्रहरी परिसर टेकु छेउबाट पाँच बोरा पटका बरामद

Oct 23rd, 2019

काठमाडौं, ६ कार्त्तिक
काठमाडौं महानगरपालिका-१२ टेकुबाट भारत मोतीहारी घर भएका जग्गा प्रसाद जैसवाललाई ५ बोरा पटाका सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित जैसवालको कस्मेटिक पसलमा विक्री वितरण लागि लुकाईछिपाई राखेको अवस्थामा उक्त पटाका फेला पारी पटका सहित उनलाई महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

 
मोरङ, धनपाल थान गाउँपालिका-२ बाट नागिन पटाका ५० प्याकेट, किङ कोब्रा पटाका ५० प्याकेट, सानो चक्र पटाका ८ प्याकेट,  ठुलो चक्र पटाका ३ प्याकेट, फुलझरी १९ प्याकेट, मैनवती १० प्याकेट र चकलेट बम ८ प्याकेट पटाका मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । भारतबाट अवैध रुपमा नेपालतर्फ साईकलमा ल्याउँदै गरेको उक्त पटाकाहरु प्रहरी चौकी अमाहीवरियातीबाट खटिएको प्रहरीलाई देख्नासाथ छाडेर मानिसहरु फरार भएपछि प्रहरीले बरामद गरेको हो । 

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।