• गृहपृष्ठ
  • स्कूलबाट घर फर्कने क्रममा किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

स्कूलबाट घर फर्कने क्रममा किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Oct 23rd, 2019

उदयपुर, ६ कात्तिक

१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका-१६ सिम्ले बस्ने २२ वर्षीय राम कुमार राईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

ती किशोरीलाई स्कूलबाट घर फर्कने क्रममा सोही ठाउँस्थित रातापानी भन्ने स्थानमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सुकौराबाट खटिएको प्रहरीले राईलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।