मृत अवस्थामा फेला

Oct 23rd, 2019

काठमाडौं, ६ कात्तिक

सर्लाही, ईश्वरपुर नगरपालिका-५ सागरनाथ चोकस्थित पूर्वपश्चिम राजमार्गमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

धनुषा, विदेह नगरपालिका-४ ठाडी झिंजा बस्ने ३५ वर्षीय शिबनाथ दास सोही ठाउँस्थित कालिका मन्दिर पछाडि मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

कालिकोट, चक्र नगरपालिका-२ काले खोलास्थित झोलुङगे पुलमा नरहरीनाथ गाउँपालिका-४ रुप्सा घर भएका ३३ वर्षीय राम कृष्ण बुढा मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

 यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।