सवारी दुर्घटनामा मृत्यु

Oct 23rd, 2019

ललितपुर, ६ कात्तिक

गोदावरी नगरपालिका-९ चुनिखेलस्थित सडकमा बा.२ ख ५००९ नम्बरको बसबाट खसेर सोही बसले किच्दा सोही ठाउँ घर भएका ८ वर्षीय नविन घिमिरेको मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी ललितपुर महानगरपालिका-८ ग्वार्कोमा बा.४ ख ९०५५ नम्बरको ट्रकले मंगलबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री इमाडोल बस्ने सिन्धुपाल्चोक गोल्छे घर भएका ४० वर्षीय राजकुमार लामा तामाङको बीएण्डबी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मुत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।