• गृहपृष्ठ
  • एक्स.सी.एम.जी.कोनयाँ २२ टनको एक्साभेटर नेपाली बजारमा

एक्स.सी.एम.जी.कोनयाँ २२ टनको एक्साभेटर नेपाली बजारमा

Oct 22nd, 2019

काठमाडौ, कात्र्तिक ५

एक्स.सी.एम.जी विश्वकै छैटौं ठूलो निर्माण उपकरण बानाउने कम्पनी हो भने चीनको नं. १ कम्पनी हो ।  यसले ह्वील लोडर, एक्साभेटर, ग्रेडर, रोलर, क्रेन, पाइलिङ मेशिन, बोरिङ मेशिन जस्ता थुप्रै निर्माण उपकरणहरु उत्पादन गर्दै आएको छ ।

नेपालका लागि एक्स.सी.एम.जी.को एक मात्रै आधिकारिक बिक्रेताको रुपमा आई.डी.एम.सी रहेको छ । यसको मुख्य कार्यालय ललितपुरको भनिमण्डलमा रहेको छ साथै नेपाल अधिराज्यभरी ६ वटा शाखा कार्यालय समेत स्थापना गरिसकेको छ । कम्पनीले यही अक्टोबर १८ मा सोल्टी होटलमा एक्स.इ. २१५ सी एक्साभेटर लन्च ग¥यो । 


एक्काइस हजार नौ सय अपरेटिङ वेट रहेको यो एक्साभेटरमा इसुजुको आयातित इन्जिन जडान गरिएको छ । यो इन्जिन १७२ हर्सपावर क्षमताको रहेको छ । साथै, एक्स.इ. २१५ सी एक्साभेटरमा मेकानिकल पप्प, कावासाकी हाइड्रोलिक सिस्टम, ५.६८ मिटरको बुम तथा २.९१ मिटरको आर्म रहेको  छ । यो एस्काभेटर बढि शक्तिशाली र कम इन्धन खपत गर्ने कम्पनीको भनाई छ ।