• गृहपृष्ठ
  • लक्ष्मी बैंकद्वारा माई कार्ड आइडियाज प्रतियोगिताको विजेता घोषित

लक्ष्मी बैंकद्वारा माई कार्ड आइडियाज प्रतियोगिताको विजेता घोषित

Oct 22nd, 2019

काठमाडौं, कात्र्तिक ५

लक्ष्मी बैंकले सञ्चालन गरेको “माई कार्ड आइडियाज”नामक क्राउड सोर्सिङ्ग प्रतियोगिताको विजेताको घोषणा गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित एक प्रेस सम्मेलनमार्फत डिजाइनर टीशा श्रेष्ठलाई उक्त प्रतियोगिताको विजेताका रुपमा घोषणा गरिएको हो । क्राउड सोर्सिङ्गको अवधारणा अन्तर्गत बैंकका ग्राहकहरुको रचनात्मकतालाई उजागर गर्ने अवसर प्रदान गर्दै सहकार्यको माध्यमबाट बैंकको नयाँ भिसा कार्डको डिजाइन बनाउने उद्देश्यका साथ यो प्रतियोगिता सञ्चालन गरिएको थियो । 

क्राउड सोर्सिङ्गको अवधारणामा यस्तो प्रतियोगिता गर्ने लक्ष्मी बैंक पहिलो बैंक हो । साधारणतया क्राउड सोर्सिङ्ग भनेको जनसमुदायमाझ निश्चित कार्य आउटसोर्स गर्ने प्रक्रियालाई जनाउँछ । यस प्रतियोगिता अन्तर्गत नेपालका सातैवटा प्रदेशको विविध संस्कृति, सम्पदा र प्राकृतिक सुन्दरता झल्काउने अवधारणा सहितको बैंकको नयाँ भिसा कार्डको डिजाइन आव्हान गरिएको थियो । नयाँ भिसा कार्डहरुले नेपाल भ्रमण वर्ष २०२० को प्रवद्घनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

एक महिनासम्म चलेको यस प्रतियोगिताबाट प्राप्त डिजाइनहरुबाट विज्ञ निर्णायकहरुको समूहले सुश्री टीशा श्रेष्ठको डिजाइनलाई उत्कृष्ट घोषित गरेको हो । विजेता टीशा श्रेष्ठले सातै वटा प्रदेशको कार्डको डिजाइन वापत कूल तीन लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुहुनेछ । कार्यक्रममा विजेता डिजाइनहरुको समेत अनावरण गरिएको थियो ।

लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा ११५ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४० एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्ग एजेन्टहरुको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीयसेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्र र बजारहरुमा  सेवा विस्तार गर्दै आएको छ ।