• गृहपृष्ठ
  • ट्रक चालकलाई कुटपिट गरी लुटपाट गरेको अभियोगमा पक्राउ

ट्रक चालकलाई कुटपिट गरी लुटपाट गरेको अभियोगमा पक्राउ

Oct 22nd, 2019

महोत्तरी, कात्तिक ५
बर्दिवास नगरपालिका १० बनपथ चोकस्थित खैयरमाराबाट सर्लाहीतर्फ जाँदै गरेको ना.३ ख ९५६७ नम्बरको ट्रक चालकलाई कुटपिट गरी साथमा रहेको मोबाइल र नगद २५ हजार रुपैयाँ लुटपाट गरेको अभियोगमा बर्दिवास नगरपालिका १० स्थित बरमथान बस्ने ३० वर्षीय रबिन तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

अपरिचित ४ जना व्यक्तिहरुले ट्रक रोकी लुटपाट गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खैयरमाराबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न मध्यका तामाङलाई पक्राउ गरेको हो । 
लुटपाटमा संलग्न अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।