• गृहपृष्ठ
  • १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुुई जना पक्राउ

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुुई जना पक्राउ

Oct 22nd, 2019

ललितपुर, कात्तिक ५
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका ५ लेले घर भई हाल सोही स्थान बस्ने २५ वर्षीय सुमन नेपाली र माहाङ्काल गाउँपालिका ३ गोटिखेल घर भएका ३० वर्षीय बिशाल तिमिल्सिनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

 गोदावरी नगरपालिका १४ ठैबस्थित वेलकम क्याफेमा किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।