ओपो रेनोटू एफको नेपालमा बिक्री सुरु

Oct 22nd, 2019

काठमाडौं, ५ कार्त्तिक
ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८ देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत बिक्री सुरु गरेको छ ।

ओपो रेनोटू एफका लागि आयोजित फस्र्टसेल कार्यक्रममा नेपाली चलचित्र जगतकी नायिका तथा ओपो नेपालकी ब्राण्ड फ्रेण्ड, स्वस्तिमा खड्काको पनि उपस्थिती रहेको थियो । कार्यक्रममा उनले अग्रिम बुकिङ गर्ने तथा सोहीदिन फोनको खरिद गर्ने उपभोक्तालाई आफूद्वारा हस्ताक्षरित फोन तथा विशेष उपहार हस्तान्तरण गर्नुका साथै ईच्छुकसंग सेल्फी तथा तस्विर समेत खिचेकी थिइन् ।

प्रयोगकर्ताको रचनात्मकतालाई थप प्रोत्साहन गर्ने उद्देश्यका साथ ओपो रेनोटू एफमा प्रशस्त फोटोग्राफीमा सुधार ल्याउने फिचर्स उपलब्ध गरिएको छ । ओपो रेनोटू एफमा कम्पनीले क्वाड (चारओटा) क्यामेरा सेट अपको ब्यवस्था गरेको छ । फोनमा उपलब्ध चार क्यामेरामा ४८ एमपी अल्ट्रा क्लियर मेन लेन्स, ८ एमपी वाइड एंगल लेन्स, एउटा मोनो लेन्स र २ एमपी पोट्रेट लेन्स रहेका छन् ।

अहिले फोनमा उपलब्ध गरिएको ४८ एमपी क्षमताको प्रमुख लेन्स पछिल्ला पुस्ताका लेन्सको तुलनामा ठूलो मात्र नभइ अझ बढी रेजोल्यूशन दिने क्षमता राख्छ । यसमा रहेका एफ १.७९ एपर्चर र १÷२.२५ ईञ्च सेन्सरको सहायताबाट यसो हुनु सम्भव भएको हो । 

ओपो रेनोटू एफको विक्रि आरम्भका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, “भरखरै सार्वजनिक ओपो रेनोटू एफका लागि नेपाली उपभोक्ता, सञ्चार जगत, शुभचिन्तक लगायतद्वारा प्राप्त अपार माया, सकारात्मक प्रतिक्रिया र समर्थनका लागि हामी कृतज्ञ छौँ । नयाँ फोनमा रहेका नवप्रबर्तनात्मक प्रविधि र आकर्षक डिजाइनका लागि हामीलाई निकै सकारात्मक प्रतिक्रियाहरु प्राप्त भइरहेका छन् । बजार माग र विक्रि नियाल्दा ओपो रेनोटुु एफले ब्राण्डकै लागि नयाँ उचाई स्थापित गर्ने करिव निश्चित छ । बजारबाट आएको यस्तो प्रतिक्रियाले भविष्यमा अझ उत्कृष्ट उत्पादन नेपाली उपभोक्ताका लागि पस्किन हामीलाई थप हौसला तथा प्रेरणा मिलेको छ ।”

रेनोटू एफमा कम्पनीले ४ हजार एमएएच क्षमताको शक्तिशाली ब्याट्री जडान गरेको छ । त्यसैगरी यसमा ६.५ ईञ्चको मल्टि(टच, ३९४ पीपीआईमा २३४०८१०८० पिक्सेल क्यापेसिटिभ स्क्रिनको ब्यवस्था गरिएको छ । स्क्रिनको सुरक्षार्थ फोनमा बलियो र सम्भावित जोखिम न्यूनिकरणका लागि पाँचौ पुस्ताको कोर्निङ गोरिल्ला ग्लासको प्रयोग गरिएको छ । कलर ओएस ६ को परिस्कृत भर्जन कलर ओएस ६.१ मा आधारित यो फोनमा हरेक संवद्र्धन उपभोक्ताका आवश्यकता दृष्टिगत गर्दै तिनका जीवन तथा कार्य सम्पादनमा सहजता ल्याउने सोचका साथ गरिएको कम्पनीले जनाएको छ ।

बिक्री जानकारी
४६ हजार ९ सय ९० रुपैयाँ मूल्य निर्धारण गरिएको ओपो रेनोटुु एफ कम्पनीले लेक ग्रिन र स्काई ह्वाइट गरि दूई आकर्षक रंगमा सार्वजनिक गरेको हो । स्मार्टफोन नेपालभर रहेका प्रमुख बिक्री केन्द्रबाट उपलब्ध गरिएको कम्पनीले जानकारी दिएको छ ।