• गृहपृष्ठ
  • उर्जा मन्त्रीसँग अष्ट्रियन प्रतिनिधीमण्डलको भेटवार्ता

उर्जा मन्त्रीसँग अष्ट्रियन प्रतिनिधीमण्डलको भेटवार्ता

Oct 22nd, 2019

काठमाडौ, ५ कार्त्तिक
उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनसँग अष्ट्रियाको यातायात तथा प्रविधि हेर्ने उपमन्त्रीका सल्लाहकार सोन्जा स्टीलर नेतृत्वको प्रतिनिधी मण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । उर्जा संयन्त्रको वैठकमा सहभागी हुन नेपालआएको उक्त टोलीले मन्त्रीपुनसंग सोमबार भेटवार्ता गरेको हो ।

भेटमा सल्लाहकार सोन्जा स्टीलरले नेपालको जलविद्युत क्षेत्रकादुई परियोजनामा थप लगानी गर्न दुवै पक्षको सहमतभएको जानकारी दिएकी थिईन् । मन्त्री पुनले उर्जा संयन्त्रको पहिलो बैठकले ऐतिहासिक निर्णय गरेको भन्दै नेपालको उर्जा क्षेत्रमा लगानी गर्ने अष्ट्रिया सरकारको निर्णयप्रति आभार व्यक्त गरेका थिए । उनले जलविद्युत क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको भन्दै अष्ट्रियासँग नेपालले उर्जा समझदारीमा हस्ताक्षर गरेको युरोपको पहिलो देश भएको जानकारी दिए । 

मन्त्री पुनले आगामी दिनमा दुवै देशबिच उर्जाको क्षेत्रमा आर्थिक लगानी, प्राविधक सहयोग तथा उर्जा क्षेत्रको अनुभवहरुलाई आदान प्रदान गर्न संयन्त्रले महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे ।