• गृहपृष्ठ
  • अफगानिस्तानबाट अमेरिकी सैनिक फर्किहाल्ने अवस्था छैन : अमेरिकी रक्षामन्त्री

अफगानिस्तानबाट अमेरिकी सैनिक फर्किहाल्ने अवस्था छैन : अमेरिकी रक्षामन्त्री

Oct 22nd, 2019

काबुल, ५ कात्तिक (रासस/एएफपी)

अफगानिस्तानबाट अमेरिकी सैनिक सिरियामा जस्तो अकस्मात फिर्ता नहुने अमेरिकी रक्षामन्त्री मार्क एस्परले बताउनुभएको छ ।

अमेरिकाले सिरियाबाट आफ्नो सेनालाई फिर्ता बोलाउने चर्चा चलिरहेका समय अफगानिस्तानबाट पनि अमेरिका फर्किनसक्ने सम्भावनाबारे विभिन्न कोणबाट शङ्का व्यक्त गर्न थालेपछि अमेरिकी अधिकारीको उक्त प्रस्टोक्ति आएको हो । 

टर्कीले उत्तरी सिरियामा अमेरिकी समर्थन प्राप्त कुर्दिस समुदायको सुरक्षा इकाई, जसलाई अङ्काराले आतङ्कवादी बताउँदै आएको छ, विरूद्ध गत हप्ता पुनः आक्रमण सुरू गरेको केही दिनपछि अमेरिकी राष्ट्रपतिको निर्देशनमा करिब एक हजार सैनिकलाई फिर्ता गर्ने उल्लेख गरिएको थियो ।

यो कदमलाई अमेरिकी राष्ट्रपतिको रिपब्लिकन पार्टीसमेत डेमोक्रेटिक पार्टीले यो कुर्दिस लडाकूमाथिको घात हुने भनी चर्को आलोचना भइरहेको छ । अमेरिकाले सिरियामा कूर्दिस लडाकूको सहयोगमा स्लामिक स्टेट ९आइएस० जिहादी समूहमाथिको कारबाहीलाई सशक्त बनाएको थियो ।

अफगानिस्तानमा नेटोको दृढ सहयोग अभियानबारे राजधानी काबुलमा रक्षामन्त्री एस्परले भन्नुभयो, “ अमेरिकाले अफगानी नागरिकसँग अफगानिस्तानमा स्थायी शान्ति र स्थायित्व कायम नहुँदासम्म सघाइराख्ने दीर्घ प्रतिवद्धता प्रकट गरेको छ । त्यसैले अमेरिका अफगानिस्तानबाट यत्तिकै फर्किने छैन ।” 

 “अफगानिस्तान र सिरियामा अमेरिकी नीति पूर्णरूपमा भिन्न छ ।” अमेरिकाले अफगानिस्तानमा सन् २००१ देखि सैनिक तालिम, हतियारलगायतका आवश्यक सहायता उपलब्ध गराउँदै आएको छ ।

उहाँले थप्नुभयो, “हाम्रा सहयोगबाट अफगानिस्तानजस्ता हाम्रा सहयोगीहरूले के बुझ्न जरूरी छ भने अमेरिकाले तालिवान समस्यालाई समाधान नगरी अफगानिस्तानबाट फर्किने छैन ।”