• गृहपृष्ठ
  • नेपाल र अष्ट्रियाबिच जलविद्युत क्षेत्रमा सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर

नेपाल र अष्ट्रियाबिच जलविद्युत क्षेत्रमा सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर

Oct 22nd, 2019

काठमाडौं, ५ कार्त्तिक
नेपाल र अष्ट्रिया उर्जा क्षेत्रमा सहकार्य गर्न तयार भएका छन् । नेपाल र अष्ट्रियाबिच बनेको उर्जा संयन्त्रको पहिलो सचिवस्तरिय बैठकमा दुवै देश उर्जा क्षेत्रमा सहकार्य गर्न तयार भएका हुन् । काठमाडौंमा सोमवार बसेको संयन्त्रको पहिलो वैठकमा नेपालको तर्फबाट उर्जा मन्त्रालयका सचिव दिनेश घिमिरे र अष्ट्रियाको तर्फबाट त्यहांको यातायात तथा प्रविधि हेर्ने उपमन्त्रीका सल्लाहकार सोन्जा स्टीलर सहभागी रहेका थिए । सम्झौतापत्रमा नेपालको तर्फबाट उर्जा मन्त्रालयका सहसचिव प्रविणराज अर्याल र अष्ट्रियाबाट सल्लाहकार सोन्जा स्टीलरले गरेकी थिईन् । 

संयन्त्रको पहिलो बैठकमा ६ सय ३५ मेगावटको दुधकोशी र १ सय मेगावाटको तामाकोशी–५ जलविद्युत आयोजनामा आवश्यक लगानी सहयोग गर्ने र अन्य जलविद्युत आयोजनाहरुको हकमा समेत भविष्यमा सहकार्य गर्ने सहमती भएको उर्जा मन्त्रालयका प्रवक्ता प्रविणराज अर्यालले बताए । त्यसैगरी नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रको क्षमता अभिवृद्धिको लागी समेत प्राविधिक सहयोग गर्ने समझदारी बनेको छ । 
नेपाल र अष्ट्रियाबिच जलविद्युत पूर्वाधार प्रविधि सहकार्य सम्बन्धी समझदारी पत्रमा गत जेठ ८ मा हस्ताक्षर भएको थियो ।

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले अष्ट्रियाको राजधानी भियनामा त्यहांका समकक्षी एन्दे्रईस रेईकार्डसंग सो सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । दुई देशबिच उर्जाको क्षेत्रमा आर्थीक लगानी, प्राविधीक सहयोग तथाउर्जा क्षेत्रका अनुभवहरुलाई आदानप्रदान गर्ने उक्त सहमतीमा उल्लेख थियो । त्यसका साथै परियोजनाहरुको पहिचान गरेर संयुक्त कार्य समुह बनाएर कामगर्ने समझदारी समेत त्यतिबेला भएको थियो । 

समझादारी अनुसार उर्जा र वैकल्पिक क्षेत्रमा सहकार्य गर्नुका साथै प्राविधिक सहयोग, परियोजनाहरुको संयुक्त अध्ययन र तालिममा पनि सहकार्य गरिने समझदारीअनुसार सोमबार दुवै पक्षबिच उक्त सहमती भएको हो । मन्त्री पुनले उर्जामन्त्रालयको कार्यभार सम्हाले संगै चीन, वङगलादेश र अष्ट्रियासंग उर्जा समझदारीमा हस्ताक्षर भएको छ । त्यसका साथै भारतसँग इनर्जी वैङकिङ, अन्र्तदेशिय प्रशारण लाईन, पिटिएको गाइड लाइन समेत संशोधन भएको छ ।