• गृहपृष्ठ
  • महिलालाई ललाई फकाई झ्युक्याई जबरजस्ती यौन सम्पर्क राख्न लगाई रकम लिने व्यक्ति पक्राउ

महिलालाई ललाई फकाई झ्युक्याई जबरजस्ती यौन सम्पर्क राख्न लगाई रकम लिने व्यक्ति पक्राउ

Oct 21st, 2019

काठमाडौं, कात्र्तिक ४

महिलालाई ललाई फकाई झ्युक्याई जबरजस्ती यौन सम्पर्क राख्न लगाई रकम लिने व्यक्ति पक्राउ परेकाछन । महानगरीय प्रहरी परिसर काठमाडौका अनुसार राजधानीको बिभिन्न स्थानमा रहेका प्राय ठमेल आसपासमा भएका होटलमा बिभिन्न जिल्लाबाट काठमाण्डौ राजधानीमा आएका युबतीहरुलाई काम लगाई दिन्छु भनी ललाई फकाई बिभिन्न प्रलोभनमा पारी बिदेशी नागरिक तथा स्वदेशी नागरिकहरु सँग जबरजस्ती यौन सम्पर्क राख्न लगाउने कार्यमा संलग्न सर्लाही भक्तिपुर गा.बि.स.वडा नं.१ स्थायी घरभई हाल का.जि.डल्लु बस्ने बर्ष ३१ को टंक बहादुर माझी पक्राउ परेका हुुन । 

उनले युवतीहरुलाई धन्दामा लगाई रकम असुली गरेको भन्ने बिशेष सूचनाको आधारमा त्यस्ता कार्य गर्ने गराउने ब्यक्तिहरुको निग्रानी राखी खोजतलाश गरी पक्राउ गर्न गराउन मनप्र वृत्त दरवारमार्गबाट खटिएका प्रहरी टोलिले कात्र्तिक तीत गते बिहान ०६ः३० बजेको समयमा का.जि.का.म.न.पा.१ नागपोखरी स्थितमा संकास्पद अबस्थामा आएका बा १ ज १९७७ नं.को भाडा ट्याक्सीलाई रोकी चेक जाँच गरी सोध पुछ गर्दा हाल नाम परिबर्तित दरवारमार्ग १२ संयुक्त जना ३ युबतीहरुलाई ठमेल आसपासमा रहेका होटलमा जबरजस्ती परपुरुषहरु सँग यौन सम्पर्क राख्न लगाई डेरा कोठा तर्फ लैजाँदै गरेको अबस्थामा पछी नाम,थर वतन खुलेका निम्न ब्यक्तिलाई पक्राउ गरी उक्त नं.को भाडा ट्याक्सी रितपूर्बक खानतलाशी लिंदा परिवार नियोजनको साधन थान ५ र सामसुङ्ग कम्पनिको मोबाईल थान १ समेत फेला पारी बरामद गरी निज प्रतिवादी उपर मानब बेच बिखन तथा ओसार पसार ऐन अन्तर्गत कसुरमा सम्मानित कठमाण्डौ जिल्ला अदालतबाट म्यादथप अनुमति लिई वृत्त दरवारमार्गवाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।