• गृहपृष्ठ
  • मकवानपुरबाट लुकाई छिपाई राखेको चाँदीका विभिन्न सामान सहित पक्राउ

मकवानपुरबाट लुकाई छिपाई राखेको चाँदीका विभिन्न सामान सहित पक्राउ

Oct 21st, 2019

मकवानपुर, कात्तिक ४
लुकाई छिपाई राखेको करिब पाँच लाख १७ हजार ६ सय ५० रुपैयाँ मूल्य बराबरका अन्दाजी सात केजी चाँदीका विभिन्न सामान सहित पुष्पा डाईस कटिङ पसलका संचालक हेटौंडा उपमहानगरपालिका २ संगमचोक बस्ने भारत मोतिहारी हरपुर गाँउ पंचायत ५ आधापुर घर भएका १९ वर्षीय राकेश कुमार सुनारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको प्रहरीले सुनारको ना.१४ प २८३६ नम्बरको मोटरसाइकल जाँच गर्दा मोटरसाइइकलको भित्रि भागमा लुकाई छिपाई राखेको उक्त मूल्य बराबरको चाँदीका बिभिन्न मूर्ति, सिक्का, पाउजु, सिन्दुर बट्टा, थाली र  गिलास लगायत सामान फेला पारेको थियो ।  सुनारलाई आवश्यक कारबाहीको लागि उक्त सामानसहित भन्सार कार्यालय पठाइने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।