• गृहपृष्ठ
  • जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट ५१ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट ५१ जना पक्राउ

Oct 21st, 2019

काठमाडौं, कात्तिक ४
कैलालीको गोदावरी नगरपालिका ७ लालपुर बस्ने बीरबहादुर वलीको होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय टेक बहादुर ओली लगायत २८ जनालाई १ लाख ५२ हजार ७ सय ५० नेपाली रुपैयाँ, २ हजार २ सय ७० भारतीय रुपैयाँ र तास सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

नवलपरासी (पूर्व), देवचुली नगरपालिका ६ मुण्डेस्थित आधार रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा देवचुली नगरपालिका ९ बस्ने ४२ वर्षीय कोचिन बहादुर गुरूङ लगायत १८ जनालाई नगद १ लाख ४२ हजार ९ सय ४० रुपैयाँ सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  

दाङको घोराही उपमहानगरपालिका १५ मिलनचोक डेरा गरी बस्ने रोल्पा माडी गाउँपालिका ४ घर भएका २९ वर्षीय निम बहादुर भण्डारीको कोठामा तास खेलिरहेको अवस्थामा भण्डारी सहित ५ जनालाई नगद ७४ हजार ५ सय ६० रुपैयाँ र २ बुक तास सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।