• गृहपृष्ठ
  • लिभरपुल र म्यानचेस्टर युनाइटेड बराबरी:इंग्लिस प्रिमियर लिग

लिभरपुल र म्यानचेस्टर युनाइटेड बराबरी:इंग्लिस प्रिमियर लिग

Oct 21st, 2019

काठमाडौँ, ४ कात्तिक 

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र लिभरपुलले बराबरी खेलेका छन्।आइतबार राति भएको खेलमा  दुवै टिमले १-१ को बराबरी खेलेका हुन्। लिभरपुलका लागि एडम लालनाले गोल गरेका थिए भने म्यानचेस्टर युनाइटेडका लागि मार्कुस रास्फोर्डले गोल गरेका थिए।

खेलको ३६ मिनेटमा रास्फोडको गोलबाट म्यानचेस्टरले अग्रता लिएको थियो। योसँगै पहिलो हाफमा युनाइटेड १-० गोलले अघि रहेको थियो । तर खेल सकिन ५ मिनेट बाँकी छदा लिभरपुलले बराबरी गोल फर्काउन सफल भयो।योसँगै लिभरपुल र युनाइटेडले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

लिभरपुलका लागि एडम लालानाले खेलको ८५ मिनेटमा गोल गरेका थिए।  शीर्ष स्थानमा रहेका लिभरपुलको ९ खेलबाट २५ अंक भएको छ । यता, युनाइटेडको भने ९ खेलबाट १० अंक भएको छ ।

तेस्रो स्थानको लेस्टर र चौथो स्थानको चेल्सीको समान १७–१७ अंक छ। पाँचौ स्थानको आर्सनलको १५, छैटौ स्थानको प्यालेसको १४ र सातौं स्थानको टोटनह्यामको १२ अंक छ।

म्यानचेस्टर युनाइटेड भने १० अंकसहित १३औं स्थानमा छ।