• गृहपृष्ठ
  • मारुती सिमेन्टको चाँदीको झिलिमिली योजना सार्वजनिक

मारुती सिमेन्टको चाँदीको झिलिमिली योजना सार्वजनिक

Oct 20th, 2019

काठमाडौं, ३ कार्त्तिक
मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको शुभ अवसर पारेर आफ्ना उपभोक्ताहरुलाई लक्षित गरी आकर्षक चाँदीको झिलिमिली योजना ल्याएको छ । 

यस योजना अन्तर्गत उपभोक्ताले मारुती सिमेन्टको प्रत्येक २१ बोराको खरिदमा स्योर सट उपहारको रुपमा १० ग्राम चाँदीको सिक्का तुरुन्तै प्राप्त गर्नेछन् । यो योजना २०७६ कात्तिक १६ गतेसम्मका लागि नेपालभर लागू गरिएको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार मारुती सिमेन्ट नेपालकै उत्कृष्ट मानिएको उदयपुर पहाडी रेन्जमा रहेको आफ्नै चुनढुङ्गा खानीबाट अर्न्तराष्ट्रिय स्तिरको अत्याधुनिक रोटरी टेक्नोलोजी र ग्रिनफिल्ड प्लान्टद्धारा उत्पादित उच्च गुणस्तरको नम्बर १ ओ.पी.सी. सिमेन्ट हो साथै यो आईएसओ प्रमाणित तथा नेपाल गुणस्तर चिन्ह प्राप्त सर्वाधिक बिश्वासिलो ब्राण्डकोरुपमा स्थापित भइसकेको दाबी कम्पनीले गरेको छ ।