• गृहपृष्ठ
  • डिफेन्डिङ च्याम्पियन इटालियन सिरिएमा युभेन्टसको जित

डिफेन्डिङ च्याम्पियन इटालियन सिरिएमा युभेन्टसको जित

Oct 20th, 2019

काठमाडौं, ३ कार्त्तिक
डिफेन्डिङ च्याम्पियन  इटालियन सिरी ए फुटबलमा युभेन्टसले बोलोग्नामाथि जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा युभेन्टसले बोलोग्नालाई २–१ गोलअन्तरले पराजित गरेको हो । जितसँगै युभेन्टस शीर्ष स्थानमा उक्लिएको छ ।

युभेन्टसको मैदानमा भएको खेलमा घरेलु टिमलाई जित दिलाउनका लागि क्रिष्टियानो रोनल्डो र मिरालेम पिजानिकले गोल गरे । यता, बोलोग्नाको लागि ड्यानिलोले गोल गरे ।

खेलको  १९ औँ मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । 

२६ औँ मिनेटमा डानिलोले बोलोग्नाका लागि गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

पहिलो हाफ बराबरीमा सकिएको खेलको ५४ औं मिनेटमा जानिकले गोल गर्दै युभेन्टसलाई जित  दिलाए । 

जितसँगै युभेन्टसले सिरिए तालिकामा चार अंकको अग्रता लिएको छ । युभेन्टसले आठ खेलबाट २२ अंक बनाएको छ भने एक खेल कम खेलेको इन्टरमिलानको १८ अंक छ ।