• गृहपृष्ठ
  • नयाँ क्लब मालोर्कासँग हार्‍यो रियल मड्रिड:स्पेनिस ला लिगा

नयाँ क्लब मालोर्कासँग हार्‍यो रियल मड्रिड:स्पेनिस ला लिगा

Oct 20th, 2019

काठमाडौं, ३ कार्त्तिक
स्पेनिस ला लिगा फुटबलमा  रियल मड्रिड नयाँ टिम मालोर्कासँग पराजित भएको छ ।
शनिबार राति भएको खेलमा मालोर्काले रियललाई १–० गोलअन्तरले पराजित गरेको हो ।
मालोर्का जितमा लागो जुनियरले खेलको सातौं मिनेटमा गोल गर्दै मालोर्कालाई अग्रता दिलाएका थिए ।

खेलको ७४ औँ मिनेटमा रियलका डिफेन्डर ओड्रिओजोला दोहोरो पहेँलो कार्डसँगै रातो कार्ड खादै मैदानबाट आउट भएका थिए  । कार्ड खाएपछि मड्रिड १० खेलाडीमा सीमित भएको हो।

खेलको पहिलो हाफमा १–० गोलले पछि परेको रियलले दोस्रो हाफमा गोल गर्ने अवसर पाएपनि गोल गर्न सकेन ।

हारसँगै रियल मड्रिड लिगको दोश्रो स्थानमा झरेको छ। ९ खेलबाट उसको १८ अंक छ। लिगको शीर्ष स्थानमा १९ अंक सहित बार्सिलोना छ।

शनिबार राति नै भएका अन्य खेलमा एथ्लेटिको मड्रिडले भ्यालेन्सियासँग १–१ गोलको बराबरी खेल्दा गेटाफेले लेगानेसलाई २–० गोलले पराजित गरेको छ ।