• गृहपृष्ठ
  • अम्बिका गुरुङको शब्द तथा गायक आनन्द कार्कीको “छली रहेछ” सार्वजनिक

अम्बिका गुरुङको शब्द तथा गायक आनन्द कार्कीको “छली रहेछ” सार्वजनिक

Oct 20th, 2019

काठमाडौं, ३ कार्त्तिक 
प्रसिद्ध गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्द तथा वरिष्ठ गायक आनन्द कार्कीको सुमधुर आवाजमा “छली रहेछ” को लिरिकल भिडियो सार्वजनिक भएको छ । संगीतकार शक्ति बल्लभको संगीत तथा चन्द सिंहको एरेन्ज रहेको छ । सयौ चर्चित गीतहरुमा सुमधुर आवाज भरिसकेका लोकप्रिय गायक आनन्द कार्कीको नयाँ गजल “छली रहेछ“ सार्बजनिक भएको हो ।  

अमेरिका निवासी वरिष्ठ गीतकार तथा सर्जक अम्बिका गुरुङले नेपाली सांगीतिक इतिहासमा आफ्नो नाम सुनौलो अक्षरले कोरिसकेकी छिन । नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गीतकार अम्बिका गुरुङ मोफसलको चर्चित गीतकार हुन्  ।