“ठिक छ ठिक छ“ भन्दै आए र्यापर भरत समारी

Oct 20th, 2019

काठमाडौं, ३ कार्त्तिक
र्यापर तथा हिप पप गायक भरत समारीको नयाँ गित “ठिक छ ठिक छ“ को म्युजिक भिडियो सार्बजनिक भएको छ । दर्जनौ चर्चित र्याप गित तथा अन्य गीतहरु नेपाली सांगीतिक आकाशमा पस्किसकेका गायक पछिल्लो समय चर्चामा रहेका छन् । 

शब्द संगीत गायक भरत समारिको नै रहेको यस गीतको म्युजिक भिडियोमा समेत गायक आफैँले अभिनय गरेका छन् । ‘“ठिक छ ठिक छ“ मा भरत समारी संगै एलिशा आरएल थापा, रोहिनी श्रेष्ठ, रोहन श्रेष्ठ, रोहन खत्री, मायुल जोशी, आकाश गिरि, बिपिना  बल तामाङको अभिनय रहेको छ ।

देब थापाले छायांकन गरेको सार्बजनिक म्युजिक भिडियोलाइ ध्रुब बिस्कोले निर्देशन गरेका हुन् । सांगीतिक क्षेत्रमा लागेर चर्चाको शिखरमा पाइला टेक्दै गरेका भरत समारिको अन्य नयाँ नयाँ सांगीतिक कोसेली समेत आउने क्रममा छ ।