• गृहपृष्ठ
  • नयाँ योजनालाई लगानी गर्ने प्राइभेट इक्विटी फन्ड स्थापना प्रक्रिया अल्झायो धितोपत्र बोर्डले

नयाँ योजनालाई लगानी गर्ने प्राइभेट इक्विटी फन्ड स्थापना प्रक्रिया अल्झायो धितोपत्र बोर्डले

Oct 20th, 2019

काठमाडौं, ३ कार्तिक 
धितोपत्र बोर्डको नेतृत्वले समयमै इजाजत नदिदा नया योजनाहरुमा लगानी गर्ने भेन्चर क्यापिटल र प्राइभेट इक्विटी फन्ड स्थापना गर्ने प्रक्रिया  नै अवरुद्ध भएको छ । व्यवसायका नयाँ तथा फलदायी योजनालाई लगानीको अभाव हुन नदिन भन्दै धितोपत्र बोर्डले गतवर्ष विशिष्टीकृत लगानी कोष नियमावली बनायो । जसबाट नै भेन्चर क्यापिटल र प्राइभेट इक्विटी फन्ड स्थापनाको बाटो खुलेको थियो । नियामवली बनेको ९ महिनासम्म पनि इजाजत भने कसैले पनि पाउन सकेको छैन ।

धितोपत्र बोर्डका अनुसार अहिलेसम्म ५ वटा कम्पनीले आवेदन दिएका छैनन् । तर बोर्डले भने थप कागजात आवश्यक पर्ने भनेर प्रक्रिया लम्बाएको छ  । सं्रोतका अनुसार केहिको कागजात पुगेपनि बोर्डको नेतृत्वले नयाँ योजना भएकाले डराउँदा कम्पनीहरुले अनुमति पाउन नसकेका हुन् । 

व्यवसाय गर्न चाहनेसँग नयाँ सोच भएपनि पुँजी हुन्छ भन्ने छैन । व्यवसायको योजना सुनाएका आधारमा बैंकले बिनाधितो ऋण दिंँदैनन् । ३० प्रतिशत हाराहारीमा स्वपुँजी जुटाएपछि मात्र बैंकले धितोमा ७० प्रतिशतसम्म ऋण लगानी गर्छन्, त्यो पनि निकै जटिल प्रक्रिया पार गरेपछि ।

जसका कारण योजना भएपनि पुँजी अभावकै कारण व्यवसाय गर्नबाट वञ्चित हुनुपर्ने अवस्था छ । यो स्थिति अन्त्य गर्न धितोपत्र बोर्डले गतवर्ष विशिष्टीकृत लगानी कोष नियमावली बनाईनयाँ खालका उद्यममा लगानी गर्न प्राइभेट इक्वीटी फन्ड स्थापनाको बाटो खोल्यो । 

त्यसैगरी उद्यम विस्तार गर्न चाहनेका लागि पुँजी जुटाइदिन भेन्चर क्यापिटल फन्डको बाटो खोलियो । तर यी दुवै फन्ड अझै कार्यान्वयनमा आएका छैनन् । पाँचवटा कम्पनीले निवेदन दिएपनि बोर्ड आफैंले अनुमति दिएको छैन । तर बोर्डसँग अनुमति नदिनुको ठोस कारण छैन ।

प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटल फन्ड नयाँ उद्यम गर्न चाहनेका लागि मात्र  होइन, पुँजी भएर पनि लगानीको क्षेत्र पहिचान गर्न नसकेकाहरुका लागि समेत उपयोगी मानिन्छन् । यस्ता फन्डमाजोकोहीले लगानी गर्न सक्छन् । फन्ड व्यवस्थापन गर्ने कम्पनीले पनि फन्डमा जम्मा हुने रकमको दुई  प्रतिशतरकम जम्मा गर्नुपर्ने बाध्यकारी व्यवस्था छ । यही व्यवस्थामा टेकेर स्थापना गर्न खोजिएका फन्डका आवेदन बिनाकारण रोकिएको छ ।