• गृहपृष्ठ
  • उर्जामन्त्री पुन र यूएईका राजदूतबीच भेटवार्ता : उर्जा क्षेत्रमा सहकार्य गर्न इच्छुक

उर्जामन्त्री पुन र यूएईका राजदूतबीच भेटवार्ता : उर्जा क्षेत्रमा सहकार्य गर्न इच्छुक

Oct 19th, 2019

काठमाडौ, भदौ २२
उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र संयुक्त अरब इमिरेटस् (यूएई)का राजदूत साईद हम्दान अल नाक्वीई बीच भेटवार्ता भएको छ । भेटवार्तामा द्धिपक्षिय र आपसी सम्बन्धका विषयमा छलफल भएको थियो । 
छलफलमा मन्त्री पुनले नेपालको उर्जा क्षेत्रमा लगानीको लागी उपयुक्त वातावरण बनेको भन्दै युएईका लगानीकर्तालाई नेपालमा लगानीको लागि प्रेरित गरिदिन आग्रह गरे । 

उहांले दुई देशबीचको सम्बन्ध परापुर्व कालदेखी नै घनिष्ट रहेको भन्दै आगामी दिनमा समेत सम्बन्ध अझै सुमधुर भएर अघि बढ्ने विश्वास व्यक्त गरे । 
भेटमा राजदूत सहिदले उर्जा क्षेत्रमा सरकारसंग काम गर्न युएई इच्छुक रहेको धारणा व्यक्त गरे । उनले युएईले पनि तेल र ग्यांसको सट्टा उर्जामा ध्यान केन्द्रित गर्न लागेको जानकारी दिंदै नेपालमा पनि लगानीको लागी आफुले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । 

२४ औं विश्व उर्जा सम्मेलनमा भाग लिन युएई भ्रमणमा जान लागेका मन्त्री पुनलाई राजदूत सहिदले आईतबार सिंहदरवारस्थित उर्जामन्त्रालय  मै पुगेर कार्यक्रमको बारेमा जानकारी गराए ।