नगरपालिकाद्वारा विद्यार्थी सम्मानित

Oct 19th, 2019

बनेपा, २३ भदौ 

पनौती नगरपालिकाले शिक्षा शाखाको आयोजनामा ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा ५३आँै अन्तरराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर आइतबार ५६ विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ ।
    
शाखाले गत शैक्षिक सत्रमा एसइई परीक्षा र आरधारभूत तहको २०७५ मा उत्कृष्ट अङ्क ल्याउन सफल पनौती नगरपालिकाभित्रका सामुदायिक र निजी विद्यालयका विद्यार्थीलाई नगदसहित सम्मान गरेको हो । एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउन सफल ११ विद्यार्थीलाई नगद रु पाँच हजारका दरले र आधारभूत तह ९कक्षा ८०मा उत्कृष्ट अङ्क ल्याउन सफल ४५ विद्यार्थीलाई प्राप्त अङ्कको आधारमा रु एक हजार ५०० र रु एक हजारका दरले नगदसहित सम्मानपत्र प्रदान गरेको छ ।

सम्मान कार्यक्रममा नगरप्रमुख भीम न्यौपानेले आम विद्यार्थीको प्रोत्साहनस्वरुप सम्मान गरिएको बताउनुभयो । “यो नगरको तर्फबाट गरिएको प्रोत्साहन कार्यक्रम हो, भोलिका दिनमा नगरले शैक्षिक गुणस्तर अभिवृद्धिको लागि अझ थप योजना ल्याउनेछौँ ।” न्यौपानेले भन्नुभयो । कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, कर्मचारी तथा जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।रासस