• गृहपृष्ठ
  • आरविवि मर्चेन्ट बैंकिङ्गको प्रमुख कार्यकारी अधिकृतमा प्याकुरेल नियुक्त

आरविवि मर्चेन्ट बैंकिङ्गको प्रमुख कार्यकारी अधिकृतमा प्याकुरेल नियुक्त

Oct 19th, 2019

काठमाडौ, कात्र्तिक २

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंंकिङ्ग लिमिटेडकोे प्रमुख कार्यकारी अधिकृतमा यही कात्र्तिक १ गतेबाट लागु हुने गरी चार (४) वर्षको लागि बद्रीप्रसाद प्याकुरेललाई नियुक्त गरिएको छ । प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले आजै एक समारोहका बीच पदबहाली गरेकाछन । । प्याकुरेलकोे अर्थशास्त्र विषयमा स्नातकोत्तर गरी बैंकिङ्ग तथा पूंजीबजारमा पन्ध्र वर्ष भन्दा बढिको अनुभव रहेको छ । उनी यस अघि एनआईबिएल एस क्यापीटलमा सहायक महाप्रबन्धक पदमा कार्यरत रहेका थिए । सो अवसरमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत एवं आरविवि मर्चेन्ट बैंकिङ्गका संचालक केशबप्रसाद लम्सालले स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिए । 

हाल शहरी क्षेत्रमा मात्र रहेको मर्चेन्ट बैकिङ्ग सेवा राष्ट्रिय वाणिज्य बैंकको ७७ जिल्लामा रहेका २३८ वटा शाखा कार्यालयबाट पनि यो सेवा लिन सकिने हुंदा दूरदराजमा रहेका जनताहरुले पनि मर्चेन्ट बैकिङ्ग सेवा लिन सकिने सम्भावना देखिएको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले बताए  । आरविवि मर्चेन्ट बैंकिङ्गको हाल २० करोड चुक्तापूंजी रहेको छ ।

सो समारोहमा रा.वा. बैंकका मूख्य प्रबन्धक एवं संचालक पवन रेग्मी, रा.वा. बैंकका मूख्य प्रबन्धक एवं आरविवि मर्चेन्ट बैंकिङ्गका निमित्त प्रमुख कार्यकारी अधिकृत रामकुमार थापा लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो । समारोहलाई कम्पनी सचिव खगेन्द्र उप्रेतीले सहजीकरण गरेका थिए ।