• गृहपृष्ठ
  • सिभिल बैंक लिमिटेडको शाखा अब काठमाडौंको काँडाघारीमा

सिभिल बैंक लिमिटेडको शाखा अब काठमाडौंको काँडाघारीमा

Oct 19th, 2019

काठमाडौ, कात्र्तिक २

समृद्धिको लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढेको सिभिल बैंकले काठमाडौें, काँडाघारी क(पेप्सीकोला) माशाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन सिभिल बैंकको संचालक प्रतापजङ्ग पाण्डे तथा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्ण हरि थापाले संयुतmरुपमा गरेका हुुन ।  

शाखाको उद्घाटन समारोहको सभापतित्व सिभिल बैंकको संचालक पाण्डेले गरेका थिए भने प्रमुख अतिथि कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्ण हरि थापा, बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, सिभिल बैंकका प्रदेश नं ३ का प्रदेश प्रमुख भोलाबहादुर विष्ट तथा अन्य विशिष्ट पदाधिकारीहरु, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कागेश्वरी मनोहरा नगरपालिकाका मेयर थापाले काँडाघारी क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई बैंकको यस शाखाले थप उर्जा प्रदान गर्ने कुरा प्रस्ट पारे । तथा कागेश्वरी मनोहरा नगरपालिकाका उपमेयर बिन्दु सिंखडाले बैंकको उत्तरोत्तर प्रगतिको कामना गरे ।  

बैंकका प्रमुख कार्यकारी अधिकृत गुरुङले आफ्ना ग्राहक वर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागि उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधि केन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा पनि बताए । 
कार्यक्रम सभापति तथा सिभिल बैंकका संचालक प्रतापजङ्ग पाण्डेले आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताए । यस भेगका नागरिकको सेवाको लागि सिभिल बैंकले सेवाविस्तार गर्न पाएकोमा उनले खुसी ब्यक्त गरे । 
सोही समारोहमासिभिल बैंकका संचालक पाण्डेद्वारा ईन्फिनिट एबिलिटि सेन्टरलाई रु २५,००० को चेक पनि हस्तान्तरण गरिएको थियो । बचतकर्ताहरुले समानमासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा तथा ब्याजको एक्मुष्ठ रकमको लाभप ाउने एन्यूटी डिपोजिट निक्षेप योजना नेपालमै पहिलो पटक ल्याएको सिभिल बैंकको शाखा संख्या १०० र एटियम संख्या ६५ पुगेको छ ।