• गृहपृष्ठ
  • मेरो माईक्रो फाईनान्सको अन्र्तक्रिया सम्पन्न

मेरो माईक्रो फाईनान्सको अन्र्तक्रिया सम्पन्न

Oct 19th, 2019

काठमाडौ, कात्र्तिक २

मेरो माइक्रो फाइनान्स लघुबित्त बित्तीय सस्थाले लघुबित्तको क्षेत्रमा बढदो चुनौतीहरुको सामना गर्ने विषयमा अन्तरक्रिया गर्दै शाखा प्रबन्धकहरुको दुई दिने गोष्ठी सम्पन्न गरेको छ । विभिन्न ११० वटा शाखा कार्यालय तथा कर्पोरेट कार्यालय सहित १३५ जना सहभागिता रहेको सस्थाका नायब प्रमुख कार्यकारी अधिकृत नबराज दाहालले जानकारी दिए ।

गोष्ठीमा सस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले शाखा प्रबन्धकहरुले गुणात्मक र संख्यात्मक रुपमा बैंकिङ कारोबार अभिवृद्धिका साथै सामाजिक बैंकिङ क्रियाकलापहरुमा समेत सक्रियता बढाउनुपर्ने बताए । त्यस्तै शाखा कार्यालयहरुमा देखिएका दुबिधाहरुको छलफल गरि आवश्यक सुझाब दिनुभक्को थियो । उक्त गोष्ठीमा शाखाको गत आर्थिक वर्षको उपलब्धि एवं चालु आर्थिक वर्षको ब्यवसाय बिस्तार लक्ष्यको साथै शाखा ब्यवस्थापनको बारेमा योजना प्रतिबेदन पेश गरिएको थियो ।

नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय स्थापना गरेर कार्य गरिरहेको संस्थाले हाल सम्म देशका विभिन्न ५६ जिल्लाहरुमा १० वटा अनुगमन कार्यालय र ११ ०वटा शाखा कार्यालयहरु मार्फत १ लाख विपन्न परिवारहरुलाई लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।