• गृहपृष्ठ
  • काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक ७ मा

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक ७ मा

Oct 18th, 2019

काठमाडौँ, १ कात्तिक (रासस)

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक ७ गते बिहीबार बस्ने भएको छ । मुलुकको पछिल्लो राजनीति घटनाक्रम र मङ्सिर १४ गते हुन लागेको उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक आह्वान गरिएको काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

बैठक दिउँसो २ बजे बिपी स्मृति भवन ललितपुरमा बस्नेछ । बैठकमा उपस्थित हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यलाई अनुरोधसमेत गरिएको छ ।