• गृहपृष्ठ
  • गोली प्रहार गरी हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ

गोली प्रहार गरी हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ

Oct 18th, 2019

रुपन्देही, १ कात्तिक
ओमसतिया गाउँपालिका-५ बस्ने ४२ वर्षीय महेन्द्र प्रसाद कुर्मीलाई गोली प्रहार गरी हत्या गरी उनको साथमा रहेको नगद ५ लाख लुटपाट गरेको घटनामा संलग्न रहेको अभियोगमा भारत युपि गोरखपुर थाना कम्पियरगन्ज मछरी गाँव बस्ने ४० वर्षीय मनिष हरिजन (चमार) लाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

२०७६ भदौ २९ गते सिद्धार्थ नगरपालिका-८ स्थित हिमालयन बैंकबाट ५ लाख रुपैयाँ लिई लु.९ प ८२३५ नम्बरको मोटरसाइकलमा घर फर्कदै गरेका कुर्मीलाई रोहिणी गाउँपालिका-३ बैकुण्ठपुरस्थित हुलाकी सडकमा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार अपरिचित ब्यक्तिहरुले गोली प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको तथा मृतकको साथमा रहेको उक्त नगद लुटपाट भएको थियो ।

उक्त घटनाको सुक्ष्म अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले घटनामा संलग्न व्यक्तिमध्ये मनिषलाई सिद्धार्थ नगरपालिका-२ स्थित मेउडिहवा फुलपुर भन्ने स्थानमा घटनामा प्रयोगमा भएको युपि ५३ डिबि ९९८३ नम्बरको मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो ।

घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।