• गृहपृष्ठ
  • आपराधिक क्रियाकलाप संलग्न गुण्डा नाइके ‘बाघे’ पक्राउ

आपराधिक क्रियाकलाप संलग्न गुण्डा नाइके ‘बाघे’ पक्राउ

Oct 18th, 2019

काठमाडौँ, १ कात्तिक (रासस)

नेपाल प्रहरीले आपराधिक क्रियाकलापमा संलग्न ‘बाघे’ भनिने सन्देश लामालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न लामालाई आज दिँउसो पक्राउ गरेको हो । 

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका लामालाई स्वयम्भूबाट पक्राउ गरिएको जानकारी दिनुभयो । महाशाखाको टोलीले पक्राउ गरिएका लामालाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी समेत गरेको छ ।