• गृहपृष्ठ
  • नेपाल राष्ट्र बैंकद्धारा स्मार्ट कार्ड नेपाललाई अनुमती

नेपाल राष्ट्र बैंकद्धारा स्मार्ट कार्ड नेपाललाई अनुमती

Oct 18th, 2019

काठमाडौ, कात्र्तिक १
नेपाल राष्ट्र बैंकले स्मार्ट कार्ड नेपाललाई कारोवार सञ्चालनको लागि अनुमती दिएको छ । राष्ट्र बैकका अनुुसार उक्त कम्पनीलाई भुक्तानी तथा बचत सेवा प्रदायकको अनुमति प्रदान गरिएको हो ।

राष्ट्र बैंकबाट अनुपाए लगत्तै कम्पनीले छिट्टै नै सेवा सञ्चालनमा ल्याउने तयारी भएको जानकारी दिएको छ । अत्याधुनिक प्रविधियुक्त प्रिपेड स्क्र्याच कार्ड र डिजिटल बालेटको माध्यमबाट नेपालको वित्तीय क्षेत्रमा सेवा प्रवाह गर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीको आफ्नै प्रिपेड स्क्र्याच कार्ड मार्फत नेपालका सबै बैंक तथा वित्तीय संस्थाको खातामा तुरुन्तै रकम जम्मा गर्न सकिने जानकारी पनि कम्पनीले दिएको छ । 

सो कम्पनीको सञ्चालक समितीको अध्यक्षमा प्रतापजंग पाण्डे रहेकाछन भने सञ्चालकहरुमा अम्बिका प्रसाद पौडेल, तिलक बहादुर रानाभाट र रमेश रहेकाछन । संस्थापक सेयर सदस्यकारुपमा भने कम्पनीमा सनराईज होल्डिङस प्रालिका तर्फबाट सुवास अमात्य र रमेश कुमार पण्डित रहेकाछन ।