• गृहपृष्ठ
  • युुनाइटेड फाइनान्स र एसवी सोलुसन्सबीच सहकार्य

युुनाइटेड फाइनान्स र एसवी सोलुसन्सबीच सहकार्य

Oct 18th, 2019

काठमाडौँ, कात्र्तिक १
युनाइटेड फाइनान्स लिमिटेड र एसवी सोलुसन्स प्रालिबीच सहकार्य भएको छ । फाइनान्सका अनुसार ऋणको योग्यता मापन गर्ने सेवा अनलाइनबाटै दिनेविषयमा सो कम्पनीसँग सहकार्य गरिएको हो । दुुवै कम्पनीबीच आन्तरिक कर्जा प्रक्रियालाई ’डकुमेन्ट मेनेजमेन्ट सिस्टम’द्वारा अटोमेसन र डिजिटाजेसन गर्ने एवम्ग्राहकलाई अनलाइल लोन इलिजीबिलिटी सेवासमेत प्रदान गर्ने समेतको सम्झौता भएको छ ।

सम्झौतामा फाइनान्सका तर्फबाट प्रमुुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र सोलुसन्सका तर्फबाट अध्यक्ष विपुल ढकालले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार फाइनान्सले डकुमेन्ट मेनेजमेन्ट सिस्टममा उल्लेख भएअनुसार आन्तरिक कर्जा र स्वीकृति प्रक्रियालाई अटोमेट र डिजिटाज्ड गर्न सक्नेछ ।