• गृहपृष्ठ
  • नोबेल पुरस्कार विजेताले गरिब विद्यार्थीलाई पढाउने

नोबेल पुरस्कार विजेताले गरिब विद्यार्थीलाई पढाउने

Oct 18th, 2019

देहरादुन,१ कार्तिक(रासस/एएनआई)

नोबेल पुरस्कार विजेता भारतीय मुलका अमेरिकी अर्थशास्त्री अभिजीत वनर्जीले गरीब दुई विद्यार्थीलाई पढाउने प्रतिवद्धता जनाउनुभएको छ । वनर्जीले जोगिवालामा गरिब दुई विद्यार्थीलाई विद्यालय शिक्षाका लागि सहयोग गर्ने बताउनुभएको हो । 

पुरस्कार छनोट समितिले उहाँलाई केही दिन अगाडि मात्रै अर्थशास्त्रतर्फको यस बर्षको नोबेल पुरस्कार दिने निर्णय भएको घोषणा गरेको थियो । 

विवेकानन्द विद्यालय देहरादुनका विद्यार्थीद्वय आर्यन थापा र अमान डोब्र्याललाई निःशुल्क छात्रवृत्तिको व्यवस्था उहाँले गर्नुभएको हो । 

नोबेल पुरस्कार विजेता अर्थशास्त्री वनर्जीले गत तीन बर्ष अगाडि असामयीक निधन भएको आफ्नो छोराको नाममा स्थापना गरेको कवीर स्मृति छात्रवृत्ति उनीहरूलाई उपलब्ध गराउने बताउनुभयो । 

शिक्षा आर्जनका लागि आफूहरूलाई सहयोग गर्ने घोषणा गर्नुभएकोमा नोबेल पुरस्कार विजेता बनर्जीलाई दुई विद्यार्थीले धन्यवाद व्यक्त गरेका छन् ।

पुरस्कार विजेता वनर्जी ती विद्यार्थीले पढ्दै आएको विवेकानन्द विद्यालयसँग लामो समयदेखि सम्वन्धित हुनुहुन्छ । उहाँ त्यस विद्यालयको संस्थापक पनि हुनुहुन्छ ।