विप्लव समूहका दुई जना पक्राउ

Oct 18th, 2019

कावासोती, १ कात्तिक (रासस)

जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले नेत्रविक्रम चन्द विप्लव समूहका दुई जनालाई पक्राउ गरेको छ । उनीहरुलाई बिहीबार राति पक्राउ गरिएको हो ।
 
नवलपरासीपूर्व नवलपुरको  मध्यविन्दु नगरपालिका–१० मजुवाखोलाबाट प्रहरीले विप्लव समूहका जिल्ला सदस्य ३५ वर्षीय गणेश विक र २६ वर्षीय गोविन्द विकलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वमा राखी थप अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो ।