• गृहपृष्ठ
  • सार्वजनिक पोखरीमा माछा मानेक्रममा गोही फेला

सार्वजनिक पोखरीमा माछा मानेक्रममा गोही फेला

Oct 18th, 2019

राजविराज, १ कात्तिक (रासस)

सार्वजनिक पोखरीमा माछा मानेक्रममा बिहीबार सप्तरीको पूर्वी भेगको एउटा गाउँमा गोही फेला परेको छ  । हनुमाननगर कंकालिनी नगरपालिका–८ स्थित जोगीनियाँमा  सार्वजनिक पोखरीमा माझीले माछा मार्ने क्रममा अन्दाजी छ÷सात किलोको गोही भट्टाएका हुन् । 

गोही जालमा परेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय हनुमाननगरबाट गएको प्रहरी टोलीले गोही समातेर  जिल्ला वन डिभिजन कार्यालयलाई बुझाएको छ । 

आगलागीबाट पाँच लाखको क्षति

सप्तरीको कञ्चनरूप नगरपालिकास्थित  बरमझियामा बिहीबार  आगलागी हुँदा रु पाँच लाखको क्षति भएको छ । कञ्चनरूप नगरपालिका–२ बरमझियाका भोली साहको घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । आगलागीबाट सरसामान, अन्नपात, लत्ताकपडा, नगद जिन्सीलगायत जलेर नष्ट भएको छ । 

पटका बरामद  

दशैँ सकिएर तिहार र छठ पर्व नजिकिँदै गर्दा सप्तरी प्रहरीले तिलाठी कोइलाडी गाउँपालिका–१ बेल्हीबाट बिहीबार पटका बरामद गरेको छ । भारतबाट नेपालतर्फ अवैधरुपमा ल्याउँदै गरेको पटका बरामद गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो । सो पटका राजविराज भन्सार कार्यालयलाई बुझाइएको छ ।