• गृहपृष्ठ
  • केटिएमले काठमाडौंको सानो गौचरनमा खुल्यो नयाँ सर्भिस सेन्टर

केटिएमले काठमाडौंको सानो गौचरनमा खुल्यो नयाँ सर्भिस सेन्टर

Oct 17th, 2019

काठमाडौ, असोज ३०
हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लिले केटिएम को एक मात्र वितरक हो । ऐतिहासिक युरोपियन मोटरसाइकल उत्पादक केटिएमले काठमाडौंको सानोगौचरनमा नयाँ सर्भिस सेन्टर खोलेको छ । आज बिहिबार हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.का कार्यकारी निर्देशक शेखर गोल्छाले सेन्टरको उद्घाटन गरेका हुुन । सर्भिस सेन्टरमा एकै चोटि २० वटा बाइकहरु सर्भिसिङ्ग गर्ने क्षमता छ, जुन को नेपालमा रहेको सर्भिस सेन्टरहरु मध्येकै अहिलेसम्मको सबैभन्दा ठूलो सर्भिस सेन्टर हो ।

नयाँ सर्भिस सेन्टरले केटिएम का ग्राहकहरुलाई प्रिमियम सर्भिसको अनुभूतिको साथै अत्याधुनिक उपकरण र दक्षप्राविधिकहरुद्वारा उत्कृष्ट सेवा प्रदान गर्नेछ । सर्भिस सेन्टरको मुख्य लक्ष्य भनेको नेपालमा बढिरहेका रेसिङ्ग उत्साहीहरुलाई अतुलनीय अनुभूति प्रदान गर्नु हो । 

केटिएम विश्वभरमै अफ–रोड बाइकिङ्ग सेग्मेन्टमा सबैभन्दा अग्रणी स्थानमा रहेको छ । हालको दशकमाकुनै अन्य ब्राण्ड अफ–रोड मोटरसाइकल रेसिङ्गमा यत्तिको सफल भएको छैन । अहिलेको दिनसम्ममा केटिएम बाइकहरुले २९१ वटा विश्व च्याम्पियनसिप उपाधिहरु जितिसकेका छ । जसमा सबैभन्दा गाह्रो र सबैभन्दा प्रख्यात डकर ¥यालीपनि समावेश छन् । त्यो पनि १ पटक मात्र नभएर पूरै १८ पटक जितिसकेको छ ।