• गृहपृष्ठ
  • ह्वावेद्वारा सन् २०१९ को तेस्रो त्रैमासिकको व्यापार आय विवरण सार्वजनिक

ह्वावेद्वारा सन् २०१९ को तेस्रो त्रैमासिकको व्यापार आय विवरण सार्वजनिक

Oct 17th, 2019

काठमाडौ, असोज ३०
ह्वावेले सन् २०१९ को तेस्रो त्रैमासिक (जुलाईदेखि सेप्टेम्बर महिनासम्म) को व्यापार आय विवरण सार्वजनिक गरेको छ । यस वर्षको पहिलो तीन त्रैमासिकमा ह्वावेले ६१०.८ अर्ब चिनियाँ युआनको आय आर्जन गरेको छ जुन अघिल्लो वर्षको तुलनामा २४.४ प्रतिशतले वृद्धिभएको छ । यस अवधिमा ह्वावेको खुद नाफा ८.७ प्रतिशत रह्यो ।

ह्वावेले आईसीटी इन्फ्रास्ट्रकचर तथा स्मार्ट डिभाइसहरूमा आफ्नो ध्यान केन्द्रित गर्दै संचालन क्षमता तथा गुणस्तर वृद्धिमा निरन्तर काम गर्दै आएको छ । यसकै परिणामस्वरूप सन् २०१९ को पहिलो तीन त्रैमासिकमा कम्पनीको संचालन र सांगठनिक स्थायीत्वमा वृद्धि हुनुका साथै कम्पनीको कार्यक्षमता थप मजबुतल बनाएको छ ।

क्यारियर बिजनेसतर्फ फाइभ जी नेटवर्कहरूको कमर्सियल डिपलोयमेन्टमा तीव्र वृद्भि आएको छ । ह्वावेले अग्रणी क्यारियरहरू जस्तै फाइभ जी सुपर अपलिंक, स्मार्ट तथा सिम्प्लिफाइड ट्रान्सपोर्ट नेटवर्कहरूसँग मिलेर नयाँ सिर्जनात्मक सलुसनहरू सार्वजनिक गरिरहेको छ । ह्वावेले प्रविधि क्षेत्रका अन्य साझेदारहरूसँग सहकार्य गर्दै  साझेदारी र फाइभ जीको इन्डस्ट्री इनोभेसन बेसलाई बलियो बनाउन कार्यहरू गरिरहेको छ । हालसम्म ह्वावेले विश्वका अग्रणी क्यारियरहरूसँग ६० वटाभन्दा बढी व्यवासायिक सम्झौताहरू गरेको छ भने ४ लाखभन्दा बढी फाइभ जी म्यासिभ एमआईएमओ एक्टिभ एन्टेना युनिटहरू विश्वबजारमा निर्यात गरिसकेको छ । ह्वावेको अप्टिकल ट्रान्समिसन, डाटा कम्युनिकेसनहरू र आईटी उत्पादनहरूको उत्पादन तथा आपूर्ति बढ्दो क्रममा रहेको छ । 

इन्टरप्राइज बिजनेसतर्फ ह्वावेले होराइजन डिजिटल प्लेटफर्म सार्वजनिक गरेको छ । ह्वावेको बृहत् प्राविधिक अनुभवमा आधारित रही निर्मित यस प्लेटफर्मसँगै ह्वावेले डिजिटल संसारको आधार बनाई खर्बौँ बराबरको डिजिटल ट्रान्सफोर्मेसन इन्डस्ट्री निर्माण गर्न  ग्राहक तथा साझेदारहरूसँग काम गर्ने उद्देश्य राखेको छ । यस प्लेटफर्मले सरकारी, सार्वजनिक निकायहरू, वित्त, विद्युत, यातायात जस्ता विभिन्न क्षेत्रहरूलाई डिजिटल रूपान्तरण गर्न सघाउने छ । 

सन् २०१९ को तेस्रो त्रैमासिकको अन्त्यसम्ममा ७ सयभन्दा बढी शहरहरू, २२८ फरच्युन ग्लोबल ५०० कम्पनीहरू र ५८ फरच्युन ग्लोबल १०० कम्पनीहरूले डिजिटल रूपान्तरणका लागि ह्वावेलाई आफ्नो साझेदारका रूपमा छनौट गरेका छन् ।

ह्वावेको क्लाउड सर्भिसको पनि तीव्र विकास भइरहेको छ । तेस्रो त्रैमासिकमा ह्वावेले आफ्नो कम्प्युटिङ स्ट्राटिजी घोषणा गर्दै विश्वकै सबैभन्दा तीव्र गतिको एआई ट्रेनिङ क्लस्टर एटलास ९०० सार्वजनिक छ । अन्य नवीनतम उत्पादनहरूमा कम्पनीले ह्वावे क्लाउड एसेन्ड एआई क्लस्टर सर्भिसहरू, कुनपेङ र एसेन्ड प्रोसेसरहरूयुक्त ११२ नयाँ सर्भिसहरू र इन्स्ट्रियल इन्टेलिजन्ट ट्वीनहरू सार्वजनिक गरेको छ। यी उत्पादनहरू सरकारी, इन्टरनेट सर्भिस प्रोभाइडर (आईएसपी) , अटोमोटिभ, वित्त लयायतका धेरै क्षेत्रहरूमा ठूला उपलब्धिहरू हासिल गरेको छ । तीस लाख इन्टरप्राइज प्रयोगकर्ताहरू र डिभेलपरहरुले उत्पादनहरू र सलुसनहरू बनाउन ह्वावेका क्लाउडको प्रयोग गरेका छन् । 

कन्ज्युमर बिजनेसतर्फ, ह्वावेकफ स्मार्टफोनको बिक्रीमा निकै वृद्धि भएको छ। सन् २०१९ को पहिलो तीन त्रैमासिकमा स्मार्टफोनको निर्यात १८५ मिलियन युनिट नाघ्यो जुन अघिल्लो वर्षको तुलनामा २६ प्रतिशतको वृद्धि हो । ह्वावेको अन्य नयाँ बिजनेसहरू जस्तै ट्याब्लेटहरू, पीसी कम्प्युटरहरू तथा वेयरेबलहरूको बिक्रीतर्फ पनि तीव्र वृद्धिभयो । उपभोक्ताहरू र प्रविधि उद्योगका अन्य कम्पनीहरूबाट उत्कृष्ट प्रतिक्रिया पाएको सफ्टवेयर र हार्डवेयरमा नवीन प्रविधियुक्त भिजन स्मार्ट स्क्रीन पनि तेस्रो त्रैमासिक अविधिमै सार्वजनिक गरिएको हो । 

ह्वावेको मोबाइल सर्भिसेस इकोसिस्टमले पनि तीव्र विकास गरेको छ र १ सय ७० वटाभन्दा बढी देशहरूमा उपलब्ध छ । यस प्रणालीमा विश्वभरबाट १.०७ मिलियलन रेजिस्ट्रर्ड डिभेलपरहरू रहेका छन् । (यहाँ खुलाइएको वित्तिय आँकडा इन्टरन्याश्नल फाइन्यान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड अनुरूप तयार पारिएको लेखापरीक्षण नगरिएको रकम हो । सन् २०१९ सेप्टेम्बरको अन्त्यको विनिमय दर १ अमेरिकी डलर बराबर ७.१२९२ चिनियाँ युआन थियो ।